सोसल मिडिया
Contact Us
युनिकोड
जेरुसेलम । इजरायली विदेशमन्त्री यायर लापिड संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिकी समकक्षीहरूसँग भेट गर्न वाशिङटन प्रस्थान गरेका छन् । विदेश मन्त्रालयका अनुसार तीन दिनको यात्राका क्रममा मन्त्री लापिडले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र यूएईका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाहयानसँग त्रिपक्षीय भेटवार्ता गर्नेछन् । अमेरिकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार इजरायल र संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो सम्बन्धलाई सामान्यीकरण गर्न सहमति जनाएपछि यो वार्ता ‘प्रगति’ मा केन्द्रित हुनेछ । साथै मन्त्री लापिडले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग छुट्टै भेटवार्तासमेत गर्नेछन् । मन्त्रालयले जनाएअनुसार मन्त्री लापिडले उक्त यात्राका क्रममा अमेरिकी उपराष्ट्रपति कमला हैरिस र सभामुख न्यान्सी पेलोसी साथै ग्रीसका विदेशमन्त्री निकोस डेन्डियासलाई पनि भेट्ने कार्यक्रम छ ।–सिन्ह्वा