दसैँ, तिहार र छठ बिदामा मानव अधिकार आयोग खुल्ला रहने

मंगलबार, असोज २६, २०७८

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश र प्रदेशका शाखा कार्यालयहरू दसैँ, तिहार र छठ बिदाका दिनमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला हुनेछन् ।  आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलका अनुसार आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विगतमा झैँ यस वर्ष पनि उक्त बिदामा आयोग खुल्ला रहेछ । यस अवधिमा आयोगले मावन अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकतानुसार गम्भीर प्रकृतिका घटनाको आवश्यक अनुगमनसमेत गर्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  ०५:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार