भारतीय जनता पार्टीद्वारा युपीका लागि ‘१०० दिनका १०० कार्यक्रम’ तयार

सोमबार, असोज २५, २०७८

नयाँ दिल्ली । भारतीय जनता पार्टीले उत्तर प्रदेशमा हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गर्दै १०० दिनका १०० कार्यक्रम तयार पारेको छ । निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याएमा १०० दिन भित्रमा गर्ने कामहरुको योजना भाजपाले तयार पारेको हो । मतदाताहरुलाई आकर्षित गर्नका लागि भाजपाले तयार पारेको महत्वाकांक्षी कार्यक्रमहरुको  औपचारिक घोषणा भने पछि गरिने भएको छ । पार्टीका प्रभावशाली नेताहरुले ती कार्यक्रमहरुको प्रस्तावलाई अन्तिम रुप दिइसकेको स्रोतले जनाएको छ । प्रस्तावित कार्यक्रमहरुमा धेरैजसो कल्याणकारी कार्यक्रमहरु रहेको एक नेताले जानकारी दिएका छन् ।–एएनआइ
 

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  २०:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार