अफगानी महिलाद्धारा राजनीतिक तथा सामाजिक समावेशिता माग

सोमबार, असोज २५, २०७८

काबुल । राजनीतिक तथा सामाजिक क्षेत्रमा समावेशी सहभागीताको व्यवस्था गर्न अफगानिस्तानका महिलाहरुले माग गरेका छन् । दर्जनौ महिला अधिकारकर्मीहरुले सहभागीता र समावेशिताको माग गर्दै राजधानी काबुलमा प्रदर्शन समेत गरेका छन् ।  
तालिवानले गठन गरेको अहिलेको अन्तरिम सरकारमा महिला सहभागीता नभएको र सरकारले महिला सहभागीताका अन्य कदमहरु पनि नचालेकोमा उनीहरुको विषेश चिन्ता थियो ।
“नयाँ सरकार र उनीहरुको शासनकालमा महिलाको हक अधिकार, स्वतन्त्रता, सहभागीता र समावेशीताको विषय अझै पनि अनिश्चित र अन्यौलपूर्ण रहेकाले त्यस तर्फ हामीले ध्यानाकर्षण गराएका हौँ,” एक महिला अधिकारकर्मीले भनिन् । उनका अनुसार अफगानिस्तानमा महिला अधिकार, स्वतन्त्रता र समावेशिताको माग गर्दै १०० भन्दा बढी देशमा प्रदर्शन भएको छ ।  
विश्वभरीबाट दवाव भएपनि महिला अधिकारको पक्षमा तालिवान सरकारले कुनै उदारता देखाएको छैन । तर महिलाको शिक्षा, रोजगारी र राजनीतिक क्षेत्रमा महिला सहभागीता गराउने प्रतिवद्धता भने जनाउदै आएको छ । 
विश्व समुदायलाई आफूहरु सुध्रिएको, उदार भएको देखाउका तालिवान सरकारले मौखिक प्रयास गरेपनि व्यवहारमा भने देखिएको छैन । तालिबानमा अहिले पनि महिलाहरुलाई रोजगारीका लागि र अध्ययन अध्यापनका लागि विद्यालय जान रोक लगाइएको छ । त्यसैगरी राजनीतिक क्षेत्रमा पनि कुनै स्थान दिइएको छैन । 
तालिबान विद्रोहीले झण्डै २० बर्षपछि अफगानिस्तानको सत्ता हातमा लिएका छन् । विद्रोहीले राजधानी काबुल कब्जा गर्ने देखिएपछि तत्कालिन राष्ट्रपति असरफ घानीले देश छाडेकाले सहजै उनीहरुले सत्ता पाएका हुन । 

अफगानिस्तानमा भएको आक्रमणमा आइएसको हात
अफगानिस्तानमा दुई दिनअघि भएको हिंसात्मक आक्रमणमा आइएसको हात रहेका बताइएको छ । तालिबानको सेनाले काबुलमा भएको सो हिंसात्मक विस्फोटमा परी कम्तीमा पनि ५० जनाको ज्यान जाने गरी भएको हमलामा आइएसको हात रहेको बताएको हो ।
अफगानिस्तानका विद्रोही तालिबानहरुले गत महिना विद्रोह गरेर शासन हत्याएपछि गत शुक्रबार सबैभन्दा हिंसात्मक हमला भएको थियो । एक जना आत्मघाती बम हमलाकारीले उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समय पारेर सो आक्रमण गरेको थियो । उक्त आत्मघाती हमलामा परी कम्तीमा ५० जना मारिएका अधिकारीहरूले बताएका छन् । अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् ।यहाँको एक मस्जिदमा गरिएको सो हमलामा परी मारिएकामा अल्पसंख्यक सिया समुदायका नागरिक रहेका बताइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मेवारी भने लिएको छैन ।
तर यहाँको सत्ता तालिबानले लिएपछि यस अघि पनि इस्लामिक स्टेटले कतिपय स्थानमा आइएसले हमला गरी नागरिकको हत्या गरेका थिए ।– एएनआई
 

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  २०:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार