पिताकै पथमा जेसी 

सोमबार, असोज २५, २०७८

काठमाडौं : बलिउडमा सिनियर कमेडियनको रुपमा परिचित छन्, जोनी लिभर । ९० को दशकमा उनी अभिनित धेरै फिल्मले सफलता पाएका थिए । प्राय फिल्ममा उनी कमेडियनका रुपमा देखिन्थे । कुनै समय अधिकांश फिल्ममा कमेडियनको रुपमा देखिने जोनी पछिल्लो समय भने कमै देखिने गर्छन । आफ्नाे कामलाई सन्ततिले निरन्तरता दिने विश्वास उनको थियो तर त्यो पनि हुन सकेन ।

उनकी छोरीले केही कमेडियन टिभी कार्यक्रम होस्ट त गरिन् तर त्यसको टिआरपी भने बढेन । यसकारण उनले अब छोरालाई भने फिल्ममा डेब्यू गराउने सोचमा छन् । तर त्यसको पनि केही तयारी मिलेको छैन । उनका छोरा हुन् जेसे लिभर । बाल्यकालमा गलाको ट्युमर र त्यसपछी भएको क्यान्सरका कारण निकै पीडा रहेका जेसे अहिले भने स्वस्थ्य छन् ।

उनको केही तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । जसमा उनी फिट मात्र देखिएका छैनन् सिक्स प्याक एब्स पनि देखिएका छन् । उनका यी तस्वीरहरू बाहिर आएसँगै डेब्यूलाई लिएर विभिन्न चर्चा हुन थालेको छ । यद्दपी उनले हिरोको भूमिका भन्दा पनि पिता झैँ चरित्र अभिनेताको भूमिकामा आफूलाई अगाडि ल्याए ।

बाल्यकालमै कभी खुसी कभी गममा देखिएका जेसीले पछिल्लो समय येह शाली आशिकी र वारमा छोटो भूमिका निर्वाह गरेका छन् । यद्दपी उनी पिता झैँ नोटिस भएका छैनन् । 

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  १०:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार