बसपार्कमा नक्कली टिकटकाे किनबेच, दुई जना पक्राउ

सोमबार, असोज २५, २०७८

सुर्खेत : सुर्खेत बसपार्कमा बसकाे नक्कली टिकटकाे किनबेच हुने गरेकाे खुलासा भएकाे छ । टिकटका लागि पुग्ने यात्रुलाई नक्कली टिकट दिएर पैसा असुलेकाे आराेपमा दैलेख आठविस नगरपालिका-४ का प्रकाश शाही र वीरेन्द्रनगर-६ शनिहललाइनका सञ्जु सुनार पक्राउ परेका हुन् । 

प्रहरीले उनीहरुको साथबाट एक ठेली नक्कली टिकटसमेत बरामद गरेको छ । पक्राउ परेका व्यक्तिले दुई टिकट काटिसकेको प्रहरीले फेला पारेको छ ।

देउती नागरिक यातायात प्रालि लोगो र छाप बनाएर नक्कली टिकट किनबेच हुने गरेकाे फेला परेकाे हाे । दुई टिकटमा सुर्खेतदेखि कालिकोट मान्मसम्म १ हजार ८ सय ५० र सुर्खेत-जुम्ला २ हजार  रुपैयाँ भाडा उल्लेख छ । 

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  ०९:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार