रूसी विमान दुर्घटनामा १६ जनाको मृत्यु

सोमबार, असोज २५, २०७८

मस्को : रूसमा एउटा विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको रुसी समाचार संस्था टासले जनाएको छ । दुर्घटनापछि ७ जनाको जीवितै उद्दार गरिएको छ । 

राजधानी मस्कोबाट झन्डै १ हजार किलोमिटर पूर्वमा रहेको टेटार क्षेत्रमा विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको विमान एउटा स्थानीय क्लबको रहेको जनाइएको छ । विमान दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।-एजेन्सी
 

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  ०८:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार