फ्रान्सका पूर्वप्रधानमन्त्री एडुआर्ड फिलिपले खोले नयाँ राजनीतिक पार्टी

आइतबार, असोज २४, २०७८

पेरिस । फ्रान्सका पूर्वप्रधानमन्त्री एडुआर्ड फिलिपले नयाँ राजनीतिक पार्टीको खोलेका छन् । पूर्वप्रधानमन्त्री फिलिपले शनिबार हाभ्रेमा नयाँ पार्टीबारे जानकारी दिँदै भने, ‘हामीले बनाएको पार्टीको नाम होराइजन्सको हो । टाढा–टाढासम्म देख्नका लागि र राम्रो काम गर्नका यो आवश्यक छ । फिलिप हाभ्रेका पूर्वमेयर समेत हुनुहुन्छ ।’ आफ्नो पार्टीको रणनीतिक लक्ष्यका बारेमा प्रष्ट पार्दै फिलिपले भने, देशको दीर्घकालीन रणनीति र विकासको लक्ष्यका निम्ति टाढा–टाढासम्म देख्नसक्नुपर्छ । ‘तपाइँले टाढा हेर्नुपर्छ, किनकि यदि तपाइँ साँच्चै देशको रणनीतिका बारेमा सोच्न चाहानुहुन्छ भने २०५० सम्ममा तपाइँ आफ्नो अगाडि मात्र होइन टाढा–टाढासम्म हेर्नुहोस्’ नेता फिलिपले भने ।
उनले आफ्ना समर्थकहरूलाई नयाँ राजनीतिक विकल्पको निर्माणमा भाग लिनका लागि समेत आह्वान गर्दै देशलाई माया गर्न र समुन्नत बनाउनसमेत आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्रीले फिलिपले आगामी राष्ट्रपति चुनावमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई समर्थन गर्ने बताएका छन् । नेता फिलिपले २०२२ निर्वाचनमा राष्ट्रपति इमानुएल म्याक्रोनलाई पुनः निर्वाचित गराउन आफू प्रतिबद्ध रहेकोसमेत बताएका छन् । होराइजन्स पार्टी अर्को चुनावका लागि तयार हुनेछ र नेता फिलिपलाई सन् २०२७ को चुनावमा राष्ट्रपतिको उम्मेदवार बनाउनेछ ।– सिन्ह्वा

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  २१:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार