चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा राष्ट्रिय आत्मविश्वासको भावना बलियो बनाउन आग्रह

आइतबार, असोज २४, २०७८

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रिय आत्मविश्वासको बलियो भावना र राष्ट्रिय परिकल्पनालाई साकार पार्न र स्थिर र शान्तिपूर्ण विकासलाई निरन्तरता दिन ठोस प्रयासको आह्वान गरेका छन् ।सन् १९११ को क्रान्तिको स्मरणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले सो कुरा बताएका हुन् । उक्त अवसरमा राष्ट्रपति सीले भने, ‘विगत ११० वर्षले हामीलाई राष्ट्रिय कायाकल्पको अनुभूति गर्नका लागि हामीलाई एक स्थिर र एकजुट घरेलु वातावरण मात्र नभई एक शान्तिपूर्ण र स्थिर अन्तरराष्ट्रिय वातावरणको पनि आवश्यकता छ ।’ राष्ट्रपति सीले  चीनले आगामी दिनमा शान्ति, सद्भाव, पारस्परिक लाभ, समान लाभको भविष्य र मानव समुदायको उज्ज्वल भविष्यका लागि सुन्दर र सार्थक विश्व व्यवस्थाको निम्ति झण्डा उठाउने बताएका छन् । ‘हामी शान्ति, विकास, निष्पक्षता, न्याय, लोकतन्त्र, र स्वतन्त्रताका साझा मानव मूल्यहरूलाई बढावा दिनेछौँ, अन्य सबै देशका जनतासँग एकता बलियो बनाउनका लागि काम गर्नेछौँ, र आधिपत्य र सत्ता राजनीतिको विरोधको साझा प्रयासमा संलग्न हुनेछौँ’, सीले जोड दिँदै भने । सी ले थप जोड दिँदै भने, ‘चीन विश्वशान्तिको एक च्याम्पियन, वैश्विक विकासका लागि एक योगदानकर्ता र अन्तरराष्ट्रिय व्यवस्थाका लागि एक रक्षक रहनेछ र हामी मानवताका लागि अझ ठूलो योगदान गर्नका लागि हाम्रो सबैभन्दा राम्रो कार्य गर्नेछौँ ।’ फरक सन्दर्भमा रष्ट्रपति सीले ताइवानको विषय चीनको कमजोरीबाट उठेको र यसलाई राष्ट्रिय एकताबाटै समाधान गरिने बताएका छन् ।– सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  २१:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार