बिस्फोटक पदार्थसहित एक जना पक्राउ

आइतबार, असोज २४, २०७८

लमजुङ : लमजुङ प्रहरीले बिस्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देही सिद्धार्थनगर नगरपालिका- ७ घर भई २२ वर्षदेखि बेँसीशहर नगरपालिका- ८ झ्याङखोलामा जडिबुटी पसल संचालन गरी बस्ने वर्ष ६९ का हरिराम बानियाँ रहेका छन् ।

बानियाँको पसल खानतलासी गर्दा लुकाई-छिपाई राखेको अवस्थामा बारुद बनाउने कच्चा पदार्थ गन्धक चार किलो, सोडा १६ किलो तथा बारुद बनाउन प्रयोग हुने विभिन्न किसिमका पटकासमेत बरामद गरिएको लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले बताए ।

पक्राउ परेका बानियाँमाथि बिस्फोटक पदार्थसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १९:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार