सोसल मिडिया
Contact Us
युनिकोड
दोहा । तालिवानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधिबीच वार्ता भएको छ । दुई देशका प्रतिनिधिबीच कतारको राजधानी दोहामा शनिबार वार्ता भएको हो । वार्ता आईबार पनि जारी रहेको तालिवानले जनाएको छ । ३१ अगस्टमा काबुलबाट बाहिरिएपछि तालिवानसँग अमेरिकाले पहिलो पटक वार्ता गरेको हो । वार्तामा अफगानिस्तानमा मानवीय सहायता, अफगान केन्द्रीय बैंकमाथि अमेरिकाले लगाएको प्रतिबन्ध हटाउने र गत वर्ष अमेरिकासँग भएको सम्झौतालगायतका विषयमा छलफल भएको तालिवानले जनाएको छ । वार्तामा तालिवानको नेतृत्व विदेश मन्त्री मुल्लाह अमिर खान मुत्ताकीले गरेका छन् । अमेरिकाले अफगानीलाई कोभिड खोप दिने विषयमा पनि छलफल भएको थियो । अमेरिकी प्रतिनिधिसँगको वार्तापछि तालिवान प्रतिनिधिले युरोपेली युनियनका अधिकारीहरूसँग वार्ता गर्ने कार्यक्रम छ ।