रुकुम पश्चिममा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

आइतबार, असोज २४, २०७८

जाजरकोट : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका- ११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  आइतबार बिहान ३ बजेतिर ग१ज४४५४ नम्बरको जीप दुर्घटना हुँदा सानीभेरी गाउँपालिका-९ का ३१ वर्षीय जीवन भण्डारीको मृत्यु भएको हो ।

भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए  ।

दुर्घटनामा परी २ जना घाइते भएका छन् । घाइते हुनेमा सानीभेरी- ३ का १९ वर्षीय समीर परियार र १० का २९ वर्षीय तिलक खड्का रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि चौरजहारी लगिएको छ । 

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  ०८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार