वाग्मती प्रदेशसभाको सातौं बैठक भोलि 

मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वास प्रस्तावलाई छलफलमा ल्याउने कार्यविधि बनाउन कार्यदल
मंगलबार, माघ ६, २०७७

मकवानपुर । वाग्मती प्रदेशसभाको आज बसेको कार्य परार्मश समितिको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको विरुद्धमा दर्ता भएको अविश्वासको प्रस्तावलाई संसद्को बैठकमा छलफलमा ल्याउने कार्यविधि तयार पार्न नेकपा संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको छ ।  
कार्यदलमा प्रदेशसभाका सदस्यहरु गणेशप्रसाद दुलाल, राजेन्द्रप्रसाद पाण्डे, बुद्धिमान माझी, शोभा शाक्य, रीना गुरुङ, छिरिङदोर्जे लामा, रीता माझी र पुकार महर्जन रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । कार्यदलको बैठक भोली माघ ७ गते बिहान ८ बजे बस्ने र बैठकले अविश्वासको प्रस्तावको कार्यविधि तयार गर्नुको साथै पूर्ण बैठकमा छलफलमा ल्याउन मिति तोकिने कार्यदलका संयोजक पाण्डेले बताए । 
प्रदेशसभाको भोलि माघ ७ गते बस्ने सातौँ बैठकमा विभिन्न दलको तर्फबाट प्रदेशसभाका सदस्यले शुभकामना मन्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । 
प्रदेशसभामा अहिले नेकपाको ८०, नेपाली कांगे्रसको २२, विवेकशील साझा दलको तीन, नेपाल मजदूर किसान पार्टीको दुई, राप्रपाको दुई र एक स्वतन्त्र गरी ११० सदस्य छन् । 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  २२:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार