दुई दशक पुरानो गजलमा नयाँपन 

शुक्रबार, असोज १५, २०७८

काठमाडौं ।  गजलकार सुरेश वाग्लेको गजल ‘जति बिर्स्यौ तिम्रो याद’ सार्वजनिक भएको छ । उनले गजल लेख्नको यात्रा आरम्भ गरेको गजललाई नयाँपन दिँदै समयानुसार तयार गरेर सार्वजनिक गरेका छन् ।

आफ्नो पहिलो गजल भएकाले यो वाग्लेको मनको नजिकै छ । उनले यसलाई विद्यार्थी जीवनमै कोरेको गजललाई २०५९ मा रेडियो नेपालमा रेकर्ड गराएका थिए । यसमा स्वर र संगीत शिव परियारको छ । 

यही गीतमार्फत् २०५९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी राष्ट्रिय आधुनिक गीतमा स्वरतर्फ गायक परियार प्रथम भएका थिए । गीत पनि निकै सफल बनेको थियो। ‘त्यो जमाना अडियोको थियो । अडियो क्यासेट र विशेष गरेर रेडियोहरूमा खुबै बजेको गीत अझ यो जगल हो। तर, परिवर्तित समयअनुसार रिमेक गरेर भिडियोसहित गीत बजारमा ल्याएका हौं’, गजलकार वाग्ले भन्छन्, ‘पहिले जस्तै अब पनि दर्शक श्रोताले गीत र भिडियोलाई मन पराइदिनु हुनेछ।’

‘यसै गजलले मलाइ लेख्नको संसारमा चिनाउनुका साथै मार्गहरूसमेत प्रशस्त गर्‍यो’,  गजलकार वाग्ले थप्छन, ‘यसको मिठास उस्तै र भिडियोलाई समयसापेक्ष बनाउने कोसिस गरेका छौँ ।’

सार्वजनिक गीतको भिडियोमा अभिनेता सरोज खनाल, पल शाह, आकाश श्रेष्ठ र मोडल तथा कलाकार प्रमिला कार्कीको अभिनय छ भने गीतको भिडियो निर्देशक निकेश खड्काले तयार पारेका हुन्। निर्देशक खड्काले गायक परियार, गीतकार वाग्ले र सिंगो नेपाली गजल क्षेत्रसँग जाडिएको र पृथक्  इतिहास बोकेको गीतलाई नयाँ ढंगबाट एउटा मिठो प्रेम कहानीका रूपमा भिडियोमा प्रस्तुत गरिएको बताए । उनले आफ्ना अन्य सृजना जस्तै यस भिडियोलाई पनि दर्शक स्रोताले मन पराइदिनुहुनेमा विश्वास व्यक्त गरे । 

भिडियोमा अभिनय गरेका अभिनेता सरोज खनाल, पल शाह, आकाश खड्का र प्रमिला कार्कीले पनि एउटा ऐतिहासिक गीतगजलसँग जोडिएर काम गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘जति बिर्स्यौ तिम्रो याद’ एउटा मिठो सांगीतिक कोसेली भएकाले सबैले रुचाइदिनुहुने कलाकारहरूको विश्वास छ।  ‘नेपाली वेबसाइटको’ अफिसियल युट्यूवुबाट सार्वजनिक गीतको भिडियोमा बुद्ध लामाको छायांकन छ।

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १५:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार