वासुदेव विद्यादेव लुइँटेल गुठीद्वारा शाह र केसी पुरस्कृत (भिडियो)

आइतबार, भदौ १३, २०७८

काठमाडौं: नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा भूतको भिनाजु नामले चिनिएका वासुदेव शर्मा लुइँटेलको स्मृतिमा स्थापित पुरस्कार वितरण गरिएको छ । वासुदेव विद्यादेव लुइँटेल गुठीद्धारा शुक्रवार आयोजित कार्यक्रममा २०७६ सालको हास्यव्यङ्ग्य चित्र तर्फको पुरस्कार कलाकार शशि शाहलाई प्रदान गरियो। २०७७ सालको हास्यव्यङ्ग्य अभिनय तर्फको पुरस्कार किरण केसी रातामकै लाई प्रदान गरियो । ती दुबै पुरस्कारको राशी एक लाख एघार हजार एक सय एघार रुपैयाँ रहेको छ । साहित्यकार रोचक घिमिरेले शाह र केसीलाई पुरस्कार प्रदान गरे । उनले वासुदेव लुइँटेल हास्यव्यङ्ग्य क्षेत्रका मूर्धन्य निधि भएको बताए ।. उनले पुरस्कृत कलाकार शशि शाहको नेपाली आधुनिक कलासँगसँगै हास्यव्यङ्ग्य चित्रकलामा पनि विशिष्ट योगदान रहेको बताए । घिमिरेले पुरस्कृत अर्का स्रष्टा किरण केसीको हास्यव्यङ्ग्य अभिनय जिवन्त भएको प्रष्ट पारे । पुरस्कृत कलाकार शशी शाहले पुरस्कृत हुँदा खुशी लागेको बताए । पुरस्कृत अर्का कलाकार केसीले पुरस्कारका लागि योग्य ठानिदिएकोमा खुशी व्यक्त गरे । गुठीका सचिव प्राध्यापक डाक्टर विद्यादेव शर्माले यो पुरस्कारले योगदानको कदर गर्ने बताउँदै हौसला समेत प्रदान गर्ने बताए । शाह र केसी जस्ता विशिष्ठ प्रतिभाहरूलाई पुरस्कृत गर्न पाउँदा गुठी गौरवान्वित भएको बताए । उक्त कार्यक्रममा गुठीका अध्यक्ष समेत रहेकी वासुदेव लुइँटेलकी छोरी डाक्टर सुषमा आचार्यद्धारा लिखित उपन्यास कस्ले सुन्छ मेरो आवाजको नेपाल र अंग्रेजी अनुवाद हु विल हियर माई भोइस साहित्यकार घिमिरे र पुरस्कृत कलाकारद्वयले विमोचन गरे ।

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार