कानूनविद् काशीराज दाहालको मुटुको शल्यक्रिया 

बुधबार, साउन ६, २०७८

काठमाडौँ । संविधानविद् तथा कानूनविद् काशीराज दाहालको मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । वरिष्ठ चिकित्सक भगवान् कोइराला र उनको समूहले दाहालको मुटुको शल्यक्रिया गरेको हो । कानूनविद् दाहालका दाजु डा. रामप्रसाद दाहालका अनुसार उनी अहिले खतरामुक्त अवस्थामा छन् । उनलाई आकस्मिकरूपमा मुटुमा समस्या देखिएपछि आइतबार मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टर महाराजगञ्जमा उक्त शल्यक्रिया भएको हो । कानूनविद् दाहालका दाजुले भने, “ओपन हार्ट सर्जरी गरिएको हो, अहिले सघन उपचारकक्षमा उपचार भइरहेको छ, अहिले खतरामुक्त अवस्थामा हुनुहुन्छ ।”–रासस

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १३:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार