‘एक असाधारण अन्तर्वार्ता’ मा अद्भुत कथा

बुधबार, वैशाख २८, २०७९

काठमाडौँ, २८।  चिनियाँ लेखक लाओ माद्वारा लिखित ‘एक असाधारण अन्तर्वार्ता’ कथासङ्ग्रह प्रकाशनमा आएको छ । युयुत्सु आरडी शर्माद्वारा अनुदित सो सङ्ग्रहमा चीनको बेजिङस्थित रेनमिन विश्वविद्यालयका प्राध्यापक तथा विश्वप्रसिद्ध कथाकार ‘मा चुन्ची’ का  शीर्षकथालगायत ६ कथा समाविष्ट छन् । निराला पब्लिकेसन्स नयाँदिल्लीद्वारा प्रकाशित सो सङ्ग्रहका कथाहरू अतीतावलोकन९पुरानो स्मृतिलाई अगाडि ल्याउने  गरी प्रस्तुत गरिएको छ । धेरै पुरस्कारहरू प्राप्त प्रा मा पूर्वस्मृति शैलीमा नाम कहलिएका  आख्यानकार मान्छिन्  ।  हालसम्म उनका कृति २० भन्दा बढी भाषामा ४० देशमा ६० औँ संस्करणसम्म पनि प्रकाशन भएका छन् । 

आधुनिक चीनका निम्नवर्गीय पात्रहरूजस्तै लठ्यौरा, मूर्ख, बौलाहा आदिको चित्रण गरिएका ती कथामा अद्भुत व्यङ्ग्य पाइन्छ ।  एक कथाको चरित्र अर्को कथाका चरित्रसँग मिल्दाजुल्दा पनि भेटिन्छन् । अनुवादक शर्माले नेपाली समाजसँग पनि मिल्दाजुल्दा ती कथाहरूमा चीनको सांस्कृतिक परिवर्तनदेखि आधुनिक विकाससम्मको पृथक परिचय पाइने बताए  ।  रासस

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार