अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या नौ लाख नाघ्यो

शनिबार, माघ २२, २०७८

अमेरिको (वासिङ्टन), २२ माघ । जोन्स हप्किन्स विश्वविद्यालयद्वारा सङ्कलित तथ्याङ्कअनुसार  नोवेल कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ९,००,००० नाघेको छ । तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिकामा ९,००,३३४को कोभिड सङ्क्रमणका कारण मृत्यु भएको उल्लेख गरिएको छ । जनवरी २०२० देखि देशभरिमा सात करोड ६० लाखभन्दा बढी सङ्क्रमणका घटना पुष्टि भएका छन् ।– एएनआई/स्पुतनिक
 

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  २२:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार