लोसपामा महन्थको एकलौटी निर्णय, राजेन्द्र महतो भन्छन्- अध्यक्षले अलिअलि पेलिहाल्छन् नि 

मंगलबार, माघ ४, २०७८

काठमाडौं, ४ माघ । अध्यक्ष महन्थ ठाकुरले प्रदेश २ को अध्यक्षसहित झन्डै १७ जिल्लामा एकलौटी रूपमा नेतृत्व चयन गरेपछि लोकतान्त्रिक समाजवादी पार्टीमा विवाद बढेको छ । ठाकुरले एकलौटी गरेपछि असन्तुष्ट अर्का नेता राजेन्द्र महतो बबरमहलस्थित कार्यालयमा जानै छाडेका छन् । यस बीचमा ठाकुरविरुद्ध प्रदेश २ का नेताहरूले नै धर्ना दिएका छन् । आपसी सहमतिविनै प्रदेश २ मा जितेन्द्र सोनललाई अध्यक्ष बनाएको मात्रै होइन, सल्लाह नै नगरी १७ जिल्लामा अध्यक्षको जिम्मेवारी तोकेपछि लोसपामा विवाद भएको हो । जसकारण महतोलगायतका नेता असन्तुष्ट बनेका छन् । केन्द्रीय कार्यालय नै जान छाड्नुभयो नि ? न्युज कारखानाको प्रश्नमा महतोले जवाफ दिए, ‘हिजो¬¬–अस्ति व्यस्त भएकाले नभ्याएर नगएको हो, अब जानेछु ।’ प्रदेश २ का अध्यक्ष् देखि १७ जिल्लामा अध्यक्ष ठाकुरले एकलौटी निर्णय गरेको विषयमा प्रतिक्रिया लिन खोज्दा महतोले हाँस्दै भने, ‘अध्यक्ष हुन्, अलिअलि त पेलिहाल्छन् नि, यो त अध्यक्षको धर्म नै हो नेपालमा । जे होस्, हामी मिलाउँदैछौं ।’ 
 

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १४:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार