पाटन अस्पतालमा मेडिकल अक्सिजन प्लान्ट सञ्चालन

शुक्रबार, पुस ३०, २०७८

ललितपुर, ३० पुस । ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा जडान गरिएको मेडिकल अक्सिजन प्लान्ट शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । संघीय सरकार र ललितपुर महानगरको आर्थिक सहयोगमा पाटन अस्पतालमा जडान गरिएको उक्त प्लान्टको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । 
ग्त भदौदेखि परीक्षणमा रहेको उक्त प्लान्टलाई औपचारिक रुपमा शुक्रवारबाट सञ्चालनमा ल्याइएको हो । तीन करोड लागतमा जडान भएको उक्त प्लान्टका लागि महानगरले गत माघ महिनामा एक करोड रुपैयाँ हस्तान्तरण गरेको थियो । 
महानगर प्रमुख चिरीबाबु महर्जनले कोरोना संक्रमणको महामारी  अझै बाँकी रहेकाले अक्सिजन प्लान्टको जडानले कोराना बिरामीको
उपचार गर्न सहज हुने विश्वास व्यक्त गरे ।  पाटन अस्पतालले कोरोनाको पहिलो र दोस्रो लहरमा बिरामीको उपचारमा गरेको कामको उनले प्रसंशा गरे । प्रमुख महर्जनले भने, ‘त्यत्तिबेला म स्थानीय सरकारको प्रमुखको हैसियतले चिकित्साकर्मीको हौसला बढाउन अस्पताल आएको थिएँ, यहाँको अक्सिजन प्लान्ट बिग्रिएर जानकारी पाएपछि सहयोगको कुरा अघि बढाएको हुँ ।’ 
उनले अस्पताललाई आवश्यक अन्य सहयोग महानगरले गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । उनले भने, ‘त्यत्तिबेला मर्चरी हाउसको पनि कुरा उठेको थियो, तर अक्सिजन प्लान्ट आवश्यक भएर प्लान्टका लागि सहयोग ग¥यौं, अब अर्को पटक चुनाव जितेर आएपछि मर्चरीको लागि सहयोग गर्छौं ।’  नगरप्रखु महर्जनले यसो भन्दा कार्यक्रमस्थलमा जम्मा भएका सबैले ताली बजाएका थिए । 
सो प्लान्टले दैनिक ५० लिटरको  दुई सय २० सिलिण्डर अक्सिजन उत्पादन गर्ने अस्पतालका निर्देशक प्रा.डा.रवि शाक्यले जानकारी दिए । डा.शाक्यले मुलुकमा दोस्रो लहरको कोरोना भित्रिँदा आफूहरुले अक्सिजन अभावमा भोगेको दुःख स्मरण गर्दै सो प्लान्टको सहयोगले कोभिडको सम्भावित तेस्रो लहरलाई समेत थेग्न सक्ने विश्वास व्यक्त गरे । उनले भने, ‘महानगरले हाम्रो अस्पतालप्रति अभिभावकत्व ग्रहण गरेको देख्दा आवश्यक सहयोग पाउने अपेक्षा गरेका छाँ ।’
प्रतिष्ठानका उपकुलपति डा.राजेशनाथ गोंगलले कोभिडको दोस्रो लहर रहँदा आफूहरुको सामथ्र्यले भ्याएसम्म बिरामीको सेवा गरेको जानकारी गराउँदै आगामी दिनमा जस्तोसुकै विपत सिर्जना भएतापनि सो प्लान्टलेनै अक्सिजन पुग्ने जिकिर गरे । 
उनले भने, ‘ललितपुर भित्रको एक मात्रै महानगरले जनताको स्वास्थ्यप्रति संवेदनशिल भएर गरेको उदारहणीय सहयोगले हामीलाई सेवामा खट्न ऊर्जा मिलेको छ ।’ 
अस्पतालका कोभिड फोकल पर्सन डा.आशिस श्रेष्ठले अस्पतालले बनाएको विपत् व्यवस्थापन योजनाका कारण आफूहरुले कोरोनाको जोखिमलाई व्यवस्थित गर्न सफल भएको बताए । 
कोरोनाको पहिलो र दास्रो लहरमा अक्सिजन अभावले काम गर्न असजिलो भएको बताउँदै उनले प्लान्ट जडानले महामारीसँग लड्न सहज हुने विश्वास व्यक्त गरे । 


 

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  १९:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार