चिसो बढेपछि बुटवलका शैक्षिक संस्था बन्द गर्न आह्वान

बुधबार, पुस १४, २०७८

रुपन्देही, १४ पुस : वर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले शैक्षिक संस्था बन्द गर्न आह्वान गरेको छ । उपमहानगरपालिकाले आज सूचना प्रकाशित गरी पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले चिसो बढ्दै गएको र तापक्रम घट्दै गइरहेका कारण विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै दुई दिनका लागि विद्यालय बन्द गर्न शैक्षिक संस्थालाई अनुरोध गरेको छ ।
विद्यालयले दिने वर्षे÷हिउँदे बिदाबाट मिलान गर्ने गरी पुस १५ र १६ गतेका लागि बिदा आह्वान गरिएको हो । उपमहानगरअन्तर्गत रहेका सामुदायिक र संस्थागत विद्यालय बिहीबार र शुक्रबार बन्द रहने प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिP ।
 

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १९:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार