एमाले महाधिवेशन : एसपीको कमाण्डमा नेपाल प्रहरी, एम्बुलेन्सलगायतका अत्यावश्यक गाडी चल्न पाउने 

बिहीबार, मंसिर ९, २०७८

चितवन, ९ मंसिर : नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को १०औँ राष्ट्रिय महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदै छ । महाधिवेशन लक्षित पूर्वाधार निर्माण र प्रचारप्रसारसँगै सुरक्षा व्यवस्थालाई चुस्त पारिएको छ ।

 महाधिवेशन उद्घाटनका दिन लाखौँ जनता सहभागी हुने भएकाले सुरक्षा र ट्राफिक व्यवस्थापनमा कठिनाई हुने देखिन्छ । महाधिवेशनमा सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक ९एसपी० ओमप्रसाद अधिकारीको कमाण्डमा प्रहरी खटिँदै छन् ।

महाधिवेशन उद्घाटनस्थल देखि बन्दसत्र हुने सौराहासम्म गरि एक हजार ४५५ भन्दाबढी सुरक्षाकर्मी खटाइने चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । नेपाल प्रहरी ८२१, शसस्त्र प्रहरी ४४९, ट्राफिक प्रहरी १८५ जना र अनुसन्धान विभागका कर्मचारीहरु खटिने उनले बताए । जिल्लाका सुरक्षाकर्मी अपुग हुने देखिएपछि बागमती प्रदेशबाट करिब सात सय सुरक्षाकर्मी थप गरिएको हो । 

महाधिवेशन उद्घाटनका दिन भरतपुर र नारायणगढ क्षेत्रको मुख्य सडकमा सवारी साधन चल्न पाउँदैनन् । महाधिवेशनमा सहभागी हुनेहरु समेत पैदल हिँडेर महाधिवेशन स्थलसम्म पुग्ने भएकाले ट्राफिक व्यवस्थापनमा कठिनाई हुने देखेर ‘नो भेइकल जोन’ बनाइएको उनले बताए । एम्बुलेन्स, दमकललगायतका अत्यावश्यक सवारी साधनलाई भने व्यवस्थापन गरिने उनको भनाइ छ ।

‘हामीले अत्यावश्यक सवारी साधन चल्ने भनेकै छौँ । एम्बुलेन्स हुन्छ, दमकल हुन्छ । विभागका गाडी, आकस्मिक रुपमा विदेश जानुपर्ने भएका मान्छेहरु हुन सक्छन् । मृत्यु संस्कारका मान्छेहरु हुन सक्छन् । ब्रतबन्धसँग सम्बन्धि जस्ता अत्यावश्यक सवारी साधनहरु चाँहि नारायणी पुल क्लियर गरेर पुलचोकबाट शिवघाटतर्फ जानेबाटोमा डाइभर्सनगरेर पूर्व र काठमाडौँ जान मिल्ने बनाउछौँ’, उनले भने ।

पश्चिमबाट आउने त्यस्ता गाडी र पूर्वबाट आउने विरामी बोकेका एम्बुलेन्सलगायतका अत्यावश्यक गाडीलाई बाइपास सडक हुँदै काठमाडौँ, पोखरातर्फ जाने मिल्ने बनाइएको उनले जानकारी दिए । मुख्य राजमार्गमा एम्बुलेन्ससमेत चल्न नदिने भएको भनि समाचार आएपछि जिल्ला सुरक्षा समिति र एमालेको आलोचना भएको थियो ।

पूर्वबाट आएका गाडीलाई केन्द्रिय बसपार्क भरतपुरमा पार्किङ गरिने छ । त्यहाँ नआएका सवारी साधनलाई बसपार्कबाट गोन्द्राङतर्फ जाने पूर्व–पश्चिम राजमार्गको एकतर्फिमा पार्किङ गर्ने योजना छ । मुग्लिनतर्फबाट आएका गाडीलाई आँपटारीमा र पश्चिमबाट आएका गाडीलाई गैंडाकोटतर्फ नै पार्किङ गरिने उनले बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १०:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार