विश्वमा आजः राष्ट्रसंघको स्थापनादेखि जाम्बियाको स्वतन्त्रता

आइतबार, कात्तिक ७, २०७८

आज अक्टोबर २४ । आज विश्व इतिहासमा विभिन्न राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

चीनको चन्द्रमामा अभियान
सन् २००७ मा चीनको पहिलो लुनार एक्सप्लोरेसन प्रोग्राम सुरु भएको थियो । यस कार्यक्रमअन्तर्गत चीनले मानवरहित यान चेन्ज १ लाई चन्द्रमामा पठाएको थियो ।  एक वर्षसम्म चन्द्रमाको कक्षमा घुमेपछि सो यान सन् २००९ को २ मार्चमा दुर्घटनामा परेको थियो । 

जाम्बियाको स्वतन्त्रता
सन् १९६४ मा जाम्बिया स्वतन्त्र भएको थियो । स्वतन्त्र हुनुअघि अफ्रिकी देश जाम्बिया बेलायतको अधिनमा थियो । 

राष्ट्रसंघको स्थापना 
आजकै दिन राष्ट्रसंघको स्थापना भएको थियो । सन् १९४५ को २४ अक्टोबरमा पाँच स्थायी सदस्य र ४६ सदस्य राष्ट्रले राष्ट्रसंघको चार्टर अनुमोदन गरेपछि राष्ट्रसंघको बिधिवत स्थापना भएको थियो ।  

ब्राजिलमा सेनाको कु
सन् १९३० मा ब्राजिलका तत्कालिन राष्ट्रपति वासिंगटन लुइसलाई त्यहाँका सेना प्रमुखले अपदस्थ गरेका थिए । उनी निर्वाचित भएको चार वर्षपछि सेनाले अपदस्थ गरेको थियो ।  

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  ०७:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार