ढोका बन्द गरेर सरकार झ्यालबाट भित्र छिर्न खोज्यो : नेकपा (एस)

मंगलबार, असोज २६, २०७८

विराटनगर : अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम प्रसाद आचार्यले विश्वासको मतका लिनका लागि सोमवार संसद सचिवालयलाई सूचना पठाएका छन् । ३० दिनभित्रमा विश्वासको मत लिइसक्ने कानुनी व्यवस्था रहे पनि मुख्यमन्त्री आचार्यले ३२ ‍औं दिनमा मात्रै सचिवालयलाई सूचना पठाएका हुन् । 

प्रदेश सभा नियमावली नियम १२८को उप नियम १ मा विधानको धारा १८८ को उपनियम १ र २ बमोजिम मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनका लागि संसद सचिवालयका सचिवलाई सूचना दिनु पर्ने उल्लेख गरिएको छ । मुख्यमन्त्रीले सूचना पठाएको संसद सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए ।

आजका लागि बोलाइएको प्रदेशसभाको बैक विशेष कारण देखाई ५ कार्त्तिक दिनको १ बजे बस्ने गरी स्थगित गरीएको छ । दसैंको मुखमा संसद आह्वान गरे पनि मुख्यमन्त्री आचार्यले भने विश्वासको मत सम्बन्धी कुनै छलफल नै नगरी दसैंपछाडि सारेका छन् । 

यता विपक्षी गठबन्धन दलहरूले भने ढोका बन्द गरेर सरकार झ्यालबाट भित्र छिर्न खोजेको आरोप लगाएका छन् । २५ भदौमा प्रदेशमासमेत दल फुटेको निर्णय निर्वाचन आयोगले गरे पनि मुख्यमन्त्री आचार्यले आफूअनुकुल व्याख्या गरेर सरकारको आयु लम्ब्याएको नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राईले आरोप लगाए । 

मुख्यमन्त्री आचार्यले भने नेकपा (एस)ले २८ गते मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै आएका छन् । विपक्षी गठबन्धनले अवैधानिक भन्दै आए पनि आचार्यले भने राजनैतिक नियुक्तिलाई झन् तीव्रता दिएका छन् ।

हिजो मात्रै विभिन्न पदमा दुई दर्जनभन्दा बढीलाई मुख्यमन्त्रीले नियुक्त गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  ०८:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार