४६ महिला स्वास्थ्य स्वयंसेविकालाई सामग्री सहयोग

शुक्रबार, असोज २२, २०७८

सिमकोट :  हुम्लाको सिमकोट गाउँपालिका भित्र रहेका ४६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई आधार विकास हुम्लाले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

लामो समयदेखि जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको आधार विकास नामक संस्थाले शुक्रबार एक कार्यक्रमका बिच सिमकोट गाउँपालिकाका आठ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो । संस्थाले पछिल्लो समय स्थानीय स्तरमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण रहेको भन्दै एक दिने गोष्ठीसहित उनीहरूलाई स्वास्थ्य सामग्री वितरण गरिएको आधार विकास नेपाल हुम्लाका स्वास्थ्य संयोजक क्याम्वा लामाले बताए । समीक्षा गोष्ठीमा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई कोभिडसँग बच्ने उपाय तथा स्थानीय स्तरमा काम गर्दा स्वयंसेविकाले गर्नु पर्ने कार्य सम्पादनका बारेमा प्रशिक्षणसमेत गरिएको थियो ।

कार्यक्रममा सहभागी भएका महिला स्वास्थ्य स्वयंसेविकालाई कोभिड सम्बन्धीका स्वास्थ्य सामग्रीसमेत वितरण गरिएको लामाले जानकारी दिए । सामग्री मध्ये प्रतिव्यक्ति झोला एक पिस, स्यानिटाइजर एक बोतल, गाउन एक पिस, पानी बोतल एक पिस, एन-९५ मास्क पाँच पिस, टु ग्वोलब्स एक बक्स, अक्सिमिटर एक पिस, थर्ममिटर एक पिस, क्याप १५ पिस, सर्जिकल मास्क ५० पिस, टर्च एक सेट, साबुन दुई पिस, एक हजार एमएलको स्यानिटाइजर एक बोतल, बुट एक सेट र निर्देशिका एक पिस समेत वितरण गरेको हो । स्वास्थ्य स्वयं सेविका चाँदनी सुनारका अनुसार, आफूलाई गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको सहयोग नरहेको गुनासो पोखेकी छन् । 

खार्पुनाथ बन्यो हुम्लाकै उत्कृष्ट गाउँपालिका

खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखा हुम्ला जिल्लाकै उत्कृष्ट स्वास्थ्य शाखा छनोट गरिएको छ । सेवा प्रवाह, समन्वय, सम्पर्क र प्रतिवेदन तयारीमा उत्कृष्ट काम सम्पादन गरेबापत स्वास्थ्य सेवा कार्यालयले खार्पुनाथको स्वास्थ्य शाखालाई उत्कृष्ट छनोट गरेको हो ।

सात गाउँपालिका रहेको हुम्लाको सात वटा सूचकका आधारमा मूल्यांकन गर्दा खार्पुनाथ स्वास्थ्य शाखा उत्कृष्ट भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहल बताए । उनले गाउँपालिकाले सबै सूचकमा ३७ अंक ल्याएको बताए ।

कार्यालयका अनुसार खार्पुनाथ गाउँपालिकाका सबै स्वास्थ्य संस्था उपचारमा सहज, प्रभावकारी सेवा प्रवाह, समयमै रिपोर्टिङ, खोप व्यवस्थापन, संस्थागत प्रगति जस्ता सूचकमा अब्बल पाइएकोले उत्कृष्ट ठहरिएको हो । स्वास्थ्य संस्थाहरूको कार्य सम्पादन उच्च र सेवा प्रवाह प्रभावकारी बनाउन कार्यालयले पहिलोपटक सूचक राखेर मूल्यांकन गर्ने परिपाटी बसालेको छ ।

उत्कृष्ट भएपछि गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बलिराज शाहीले काम गर्ने थप हौसला मिलेको बताएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले सबै बस्तीमा गाउँघर क्लिनिक, घरदैलो कार्यक्रम, दीर्घरोगीलाई निःशुल्क उपचारको व्यवस्था, ल्याबमा चालीस प्रतिशत छुटको व्यवस्था जस्ता उदाहरणीय कार्यक्रम लागू गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  २१:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार