न्याय माग्न नेपालगन्जबाट हिँडेर काठमाडौं आइपुग्नेको खु्ट्टामा फोकैफोका

शुक्रबार, असोज २२, २०७८

काठमाडौं । बाँकेको नेपालगन्जबाट न्याय माग्दै हिँडेर काठमाडौं आइपुगेकाहरूको खुट्टैखुट्टामा फोका उठेको छ । महिला हिंसाविरुद्ध र न्यायका लागि नेपालगन्जबाट पैदलयात्रा गरेर काठमाडौंसम्म आइपुगेका महिला अधिकार मञ्चका पदाधिकारीसहित १४ जनाको खुट्टामा फोकैफोका उठेको छ । महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरू होसियार, मौन बस्ने सरकार खबरदार’ भन्दै उनीहरू नेपालगन्जबाट काठमाडौं पैदल यात्रा गरेका हुन् ।  नन्कुन्नी धोबी र निर्मला कुर्मी हत्याका सबै दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै उनीहरू अहिले माइतीघर मण्डलामा धर्नामा बसेका छन् । 

 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १२:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार