कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स¥यो

बुधबार, कात्तिक २६, २०७७

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक २८ गते शुक्रबारका लागि सारिएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमिति बैठक पर्सि २८ गते बस्ने जानकारी गराएका हुन् । यसअघि बैठक बिहीबार दिउँसो १ बजेका लागि तय गरिएको थियो । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ कात्तिक २७ गते बिहीबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कात्तिक २८ गते शुक्रबार दिनको १ बजे बस्ने भएको छ’, मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग अनौपचारिक बैठकबाट सम्बोधन गर्ने प्रयासले असफल हुँदा पटक पटक बैठक स्थगित हुँदै आएको छ । यसअघि २१ गते शुक्रबारका लागि बोलाइएको बैठक पनि वरिष्ठ नेता पौडेल पक्षका मागमा सहमति नजुटेपछि सोमबारका लागि सारिएको थियो । आन्तरिक विवादलाई अनौपचारिक बैठकमै टुंग्याउन पौडेल पक्षले जोड दिँदै आएको छ । पौडेल पक्षले क्रियाशील सदस्यता, केन्द्रीय विभागको गठन, पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समिति सम्बन्धका माग राखेको छ । पौडेल पक्षले अन्य राजनीतिक दलबाट कांग्रेस प्रवेश गरेका नेताहरूको समूहलाई समायोजन गर्ने नाममा क्रियाशील सदस्यता ‘मनपरी’ वितरण गरेको आरोप लगाएको छ । प्रक्रिया र विधानविपरीत क्रियाशील सदस्यताको वितरण रोकिनुपर्ने पौडेल पक्षको माग छ । विधान र आचारसंहिताविपरीत विभाग गठन गरी सदस्य मनोनयन गरिएको भन्दै त्यस्तो निर्णय बदर हुनुपर्ने माग पनि पौडेल पक्षले उठाउँदै आएको छ । गठन भइसकेका केन्द्रीय विभाग विघटन गर्न शेरबहादुर देउवा तयार देखिएका छैनन् । क्रियाशील सदस्यता वितरणमा पनि विधानविपरीत नभएको दाबी संस्थापन पक्षले गर्दै आएको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  १८:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार