गोरखकाली मन्दिरको दसैँघरमा पनि राखियो जमरा

बिहीबार, असोज २१, २०७८

पोखरा । गोरखादरबार परिसरमा रहेको गोरखकाली मन्दिरको दसैँघरमा पनि बिहीबार विधिपूर्वक शुभ साइत पारेर जमरा राखिएको छ । मन्दिरमा घटनास्थापनाको दिन बिहान ११ बजेर ४६ मिनेटको शुभ साइतमा दुईपाथी चार माना जौको जमरा राखिएको गोरखकाली मन्दिरका पुजारी लीला बोहराले जानकारी दिए । जमरा राख्नुअघि कालो बोकाको बलिसमेत दिइएको छ । जमरा राख्नुअघि बिहान ५ बजेर ४० मिनेटमा गोरखादरबारको कैलाश कोठाबाट मन्दिरको गर्भगृहमा भगवती सार्ने चलन छ । गोरखामा जस्तै पूरानो दरबार कास्कीकोटमा पनि बिहीबार घटस्थापना गरिएको छ । बैद्धिक विधिअनुसार पुजारीहरु दरबार पुगेका छन् । बिहीबारदेखि शक्तिपीठहरूमा पूजा सुरु भएको छ । नेपालको उन्नति र रोगव्यादी हरणको कामनासहित संकल्प गरेर पूजाआजा थालिएको कास्कीकोटका मुख्य पुजारी ठाकुरप्रसाद त्रिपाठीले बताए । पहिलेका वर्षमा जस्तो रौनक अहिले केही घटे पनि उत्साह र परम्परा घटेको छैन ।

कोभिडका कारण स्वास्थ्य मापदण्ड अपनाउँदै पूजा सुरु गरिएको त्रिपाठीले सुनाए । ‘परम्परा उही छ । केही घटेको छैन । भक्तजनहरु पनि उत्साहित हुनुहुन्छ,’ उनले भने, ‘तर, राज्यले शक्तिपीठहरूलाई बेवास्ता गरेको छ । सरकारको बेलैमा ध्यान पुगोस् ।’ राज्य पुनसंरचना अघिसम्म कास्कीकोट र गोरखकाली दरबारबाट राजदरबारमा बलिको बोकासहित टीका र जमरा पठाउने चलन थियो । अहिले त्यो क्रम रोकिएको छ । यद्यपि, गोरखाबाट फूलपाती भने हनुमान ढोकामा अहिले पनि गइरहेको छ । बिहीबारकै दिनदेखि नेपालीहरूको मुख्य पर्व बडा दसैँ सुरु भएको छ । बिहीबार राखिएको जमरा दशमीका दिन सेलाउने चलन छ ।

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बिहीबार, असोज २१, २०७८

आज साउनको दोस्रो सोमवार
बिहीबार, असोज २१, २०७८

आज साउनको दोस्रो सोमबार 
बिहीबार, असोज २१, २०७८