बैतडीमा खाद्य सामग्रीका १२ वटा नमूना प्रतिकुल भेटिए

बिहीबार, असोज २१, २०७८

बैतडी । बजार अनुगमनका क्रममा गत आर्थिक वर्षमा बैतडीका खाद्य सामग्रीका १२ वटा नमूना प्रतिकुल भेटिएका छन् । जिल्लाका विभिन्न स्थानका फर्महरु अनुगमन गर्दा संकलन गरिएका नमूनाहरु प्रतिकुल भेटिएका छन् । प्रतिकुल नमूना भन्नाले उपभोग गर्न नमिल्ने खाद्य सामग्रीलाई बुझाउने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले बताए । बजार अनुगमनका क्रममा संकलन गरिएका नमूनामध्ये १२ वटा प्रतिकुल भेटिएका लेखकले बताए । संकलन गरिएका नमूनाहरुको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीको प्रयोगशालामा परीक्षण गरिएको थियो । प्रतिकुल नमूना भेटिएका फर्मका सञ्चालकलाई कारवाहीको दायरामा ल्याइसकेको कार्यालय प्रमुख लेखकले बताए । ५ जनालाई जिल्ला प्रशासन कार्यालयमार्फत ५ देखि १० हजार जरिवाना गरिएको छ भने ४ जनाको मुद्दालाई रायका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पठाइएको छ ।  यस्तै तीन जनामाथि अनुसन्धान जारी रहेको छ । बजार अनुगमनका क्रममा अखाद्य वस्तु विक्री वितरण गर्नेलाई खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ अनुसार कारवाही गर्ने गरिएको छ । उपभोक्ताहरुले पनि खाद्य सामग्री खरीद गर्ने बेलामा उत्पादन मिति हेरेर मात्रै खरीद गर्नुपर्नेमा लेखकले जोड दिए । संयुक्त बजार अनुगमन समितिले सबै ठाउँमा अनुगमन गर्न नसक्ने भएकाले स्थानीय तहहरुले बजार अनुगमनमा सक्रियता बढाउनुपर्ने उनले माग गरे । राजमार्ग छेउका बजारमै म्याद नाघेका सामग्री पाइएकाले ग्रामीण क्षेत्रमा झन् समस्या हुन सक्ने खाद्य कार्यालयको आंकलन छ । उपभोक्ताहरु खाद्य सामग्रीको उपभोग्य अवधिका बारेमा सचेत नहुँदा उपभोक्ता नै मारमा परेका छन् । यसले उनीहरुको स्वास्थ्यमासमेत प्रतिकुल असर पार्ने जानकारले बताएका छन् । 

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १२:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बिहीबार, असोज २१, २०७८

आज साउनको दोस्रो सोमवार
बिहीबार, असोज २१, २०७८

आज साउनको दोस्रो सोमबार 
बिहीबार, असोज २१, २०७८