लमजुङमा ७६ हजार नगदसहित नौ जुवाडे पक्राउ

बिहीबार, असोज २१, २०७८

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका-३ सोती पसलबाट प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा ९ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो । स्थानीय धनवीर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरी टोलीले नगद ७६ हजार १८५ रुपैयाँ र ताससहित ९ जनालाई पक्राउ गरेको भोर्लेटारका प्रहरी निरीक्षक बोधराज रेग्मीले जानकारी दिए । पक्राउ परेका नौ जनामाथि थप अनुसन्धान भइरहेको छ। दशैंतिहार नजिकिएसँगै चाडपर्वको समयमा आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै प्रहरीले जिल्लामा सुरक्षा  निगरानी बढाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बिहीबार, असोज २१, २०७८

आज साउनको दोस्रो सोमवार
बिहीबार, असोज २१, २०७८

आज साउनको दोस्रो सोमबार 
बिहीबार, असोज २१, २०७८