करेन्ट लागेर मृत्यु 

बुधबार, असोज २०, २०७८

कलैया । बारामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई नगरपालिका ब्रह्मपुरी निवासी अन्दाजी ५० वर्षीय रामेश्वर महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।  बारीमा रहेको पानी तान्ने मोटरमा जडान गरेको तारबाट उनलाई करेन्ट लागेको हो । करेन्ट लागेर घाइते भएका उनलाई जिल्ला अस्पताल कलैया ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  २३:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार