सोसल मिडिया
Contact Us
युनिकोड
काभ्रे :
जिल्ला प्रहरी कार्यालय काभ्रेले चाडपर्व लक्षित गरेर सुरक्षाको योजनाअन्तर्गत ‘डग स्निफिङ’ कार्यक्रम संचालन गरेको छ ।
चाडपर्वको समयमा हुने अपराधजन्य गतिविधि नियन्त्रणका लागि कार्यालयले जिल्लाका विभिन्न स्थानमा ‘डग स्निफिङ’ कार्यक्रम संचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
चाडपर्वको पूर्वसन्ध्यामा विभिन्न आपराधिक प्रकृतिका मान्छेको प्रवेश हातहतियार प्रवेश गराउन सक्ने अथवा विभिन्न खाले तस्करीका सामान जिल्लामा प्रवेश हुन सक्ने संभावनालाई मध्यनजर गर्दै ‘डग स्निफिङ’ (कुकुरबाट चेकिङ)को व्यवस्था गरिएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले नागरिकको सुरक्षालाई मध्यनजर गर्दै नेपालीहरूको महान् चाड दशैँ, तिहार नजिकिँदै गर्दा जिल्लाका बजार क्षेत्र, सार्वजनिक यातायात, मानिसको बढी भीडभाड हुने सार्वजनिक स्थानहरू जस्तै: बनेपा, धुलिखेल, पाँचखालमा ‘डग स्निफिङ’ कार्यक्रम संचालन गरेको छ ।