कपिलवस्तुका एसपी कार्की प्रदेशकै उत्कृष्ट प्रहरी, मुख्यमन्त्रीबाट सम्मानित

बुधबार, असोज २०, २०७८

कपिलवस्तु : 

कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्की सम्मानित भएका छन् । ६६औं प्रहरी दिवसमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रशंसा पत्रसहित सम्मान गरेका हुन् ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये चालु आर्थिक वर्षमा सबैभन्दा बढी फरार प्रतिवादी पक्राउ गर्न सफल भन्दै मुख्यमन्त्री केसीले एसपी कार्कीको उत्कृष्ट कार्यको सम्मान गरेका हुन् । कार्कीको सम्मानमा मुख्यमन्त्री केसीले प्रदेश राजधानीबाट पठाएको प्रशंसापत्र बुधबार प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले प्रदान गरे ।

प्रहरी दिवस समारोहमा जिल्लामा उत्कृष्ट कार्य गर्ने २ प्रहरी निरीक्षक, १ प्रहरी नायब निरीक्षक, १ प्रहरी सहायक निरीक्षक र २ प्रहरी हवल्दार गरी ६ जना प्रहरी कर्मचारीलाई पुरस्कारसहित कदरपत्र प्रदान गरिएको थियो ।

प्रहरी दिवसमा जिल्ला प्रहरी कार्यालयले विविध खेलकुद प्रतियोगिता, लामो दौड प्रतियोगिता, बजार सरसफाई  र बृहद रक्तदान कार्यक्रमसमेतको आयोजना गरेको थियो । लामो दौड तथा विभिन्न खेल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको थियो । 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  २०:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार