नीर शाह र केकी अधिकारी सँगै म्युजिक भिडियोमा

बुधबार, असोज २०, २०७८

काठमाडौं । अभिनेता नीर शाह र अभिनेत्री केकी अधिकारी म्युजिक भिडियोमा सँगै देखिएका छन् ।  गायक दीपेन्द्र बुढा ठकुरीको नयाँ गीत ‘सुनको महल’ मा शाह र अधिकारीसँगै देखिएका हुन् । अर्जुन थापाले संगीत र म्युजिक भिडियो निर्देशन गरेका हुन् । उनले फिल्मी स्टाइलमा गीत खिचेको बताउँदै दर्शकको मनोरञ्जनका लागि पैसा खर्चिन कन्जुस्याइँ नगरिएको दाबी गरे ।  करिब १३ लाख रुपैयाँ लगानीमा बनेको भिडियो सुशील डाँगीले खिचेका हुन् ।

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १५:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार