कर्णाली प्रदेशका २७ सांसदले लिए दसैँभत्ता

बुधबार, असोज २०, २०७८

सुर्खेत । कर्णाली प्रदेशसभाका २७ सांसदहरूले दसैँभत्ता लिएका छन् । कर्णाली प्रदेशसभाका सदस्यदेखि पदाधिकारीले दसैँभत्ता लिएका हुन् । कर्णाली प्रदेशसभाका २७ जना सांसद र उनीहरूका स्वकीय सचिव, सभामुख उनका सहयोगीहरूलाई एक महिना बराबरको दसैँभत्ता दिएको प्रदेशसभा सचिवालले जनाएको छ । कर्णाली प्रदेशसभामा ३५ सांसद छन् । त्यसमध्ये आठजना मन्त्री भएकाले उनीहरूलाई दसैँभत्ता नदिएको प्रदेशसभा सचिवालयका लेखा अधिकृत यामबहादुर विसीले बताए । प्रदेश सभा सभामुखले ५३ हजार, विपक्षी दलका नेता र उपसभामुखले ५० हजार, सत्ता पक्षका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक, विभिन्न समितिका अध्यक्ष लगायतले ४८ हजार तलब खादै आएका छन् । प्रदेश सभा सांसदहरूको ४५ हजार तलब छ । 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १३:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार