बेपत्ता युवती झुन्डिएको अवस्थामा फेला

बुधबार, असोज २०, २०७८

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका ६ स्थित शनिमन्दिर नजिकै जंगलमा २० वर्षीया युवती झुन्डिएको अवस्थामा भेटिएकी छिन्।  रुपनी गाउँपालिका-२ रायपुरका खेलानन्द चौधरीको छोरी चाँदानी चौधरी रुखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा फेला परेकी हुन् । घाँस काट्न गएका स्थानीयहरूले युवती झुन्डिएको देखेपछि गरेकाे खबरकाे आधारमा प्रहरी घटना स्थल पुगेको थियाे । मृतक युवतीको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ। घटनाको विषयमा थप अनुसान्धन भइरहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । मृतक युवती गत शनिबारदेखि बेपत्ता भएकी थिइन् ।

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १३:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बुधबार, असोज २०, २०७८

आज साउनको दोस्रो सोमवार
बुधबार, असोज २०, २०७८

आज साउनको दोस्रो सोमबार 
बुधबार, असोज २०, २०७८