फेसबुककी पूर्वकर्मचारी भन्छिन्–फेसबुकले बालबालिका बिगार्‍यो

बुधबार, असोज २०, २०७८

न्युयोर्क । फेसबुकका वेबसाइट र एप्सले बालबालिकालाई हानि पु¥याउने र विभाजन बढाउने फेसबुककी एक पूर्वकर्मचारीले गुनासो गरेकी हुन् । फेसबुकमा प्रडक्ट म्यानेजरकी रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले यस्तो गुनासो गरेकी हुन् । कमोजोरी थाहा हुँदा हुँदै पनि फेसबुकले यसबारे चासो नदिइँ नाफालाई प्राथमिकता दिइएको उनको भनाई छ । कम्पनीका गोप्य कुराहरू चुहाएपछि फेसबुकले हाउगनको आलोचना गर्दै उनीसँगै पर्याप्त ज्ञान नभएको टिप्पणी गरेको छ ।  फेसबुकले आफ्ना सुरक्षा अवस्थाको बचाउसमेत गरेको छ । उनको भनाईपछि रिपब्लिकन र डेमोक्र्याट सांसद्ले फेसबुकमा परिवर्तन आवश्यक रहेको सुझाब बताएका छन् । फेसबुकमा सुधार अमेरिकी संसद् कंग्रेसले हस्तक्षेप गर्नुपर्ने उनको भनाई छ । विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकका २ अर्ब ७० करोड सक्रिय प्रयोगकर्ता छन् । मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्रामजस्ता कम्पनीका अन्य उत्पादन पनि उत्तिकै लोकप्रिय छन् ।

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार