पहिलो महिला प्रहरी डंगोललाई लाइफटाइम अचिभमेन्ट अवार्ड

बुधबार, असोज २०, २०७८

काठमाडौ । पहिलो महिला प्रहरी चैतमाया डंगोललाई नेपाल प्रहरीले लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ । ६६ औं प्रहरी दिवसको अवसरमा डंगोललाई आज सो अवार्ड प्रदान गरिएको हो । प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सो अवार्ड प्रदान गरेका हुन् । ८९ वर्षीय डंगोल २००८ सालमा प्रहरीमा भर्ना भएकी थिइन् । उनले नेपाल प्रहरीमा ३१ वर्ष सात महिना २२ दिन सेवा गरेकी थिइन् । उनले असइ पदबाट उनले अवकाश लिएकी थिइन् ।

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  ११:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार