प्रहरी दिवस : अमर प्रहरी परिवारका ३३ जनालाई आज सम्मान गर्दै प्रधानमन्त्री 

बुधबार, असोज २०, २०७८

काठमाडौं : 

नेपाल प्रहरीको ६६औं स्थापना दिवसका अवसरमा सहिद अमर प्रहरी परिवारका ३३ जनालाई सम्मान गरिँदैछ । 

प्रहरी प्रधान कार्यालयले नक्सालमा विशेष समारोहबीच बुधबार आज ३३ जनालाई सम्मान गर्न लागेको हो । समारोहका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको  केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए । 
नेपाल प्रहरीमा कर्तव्यको सिलसिलामा निधन भएका अमर प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने, परिवारलाई कदर पत्र दिएर सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए ।  यो वर्ष विरगति प्राप्त गरेका प्रहरीहरुका परिवारलाई यो सम्मान प्रदान गर्न लागिएको हो । 

कार्यक्रममा यो वर्ष उत्कृष्ट काम गर्ने प्रहरी अधिकृत तथा जवानलाई पनि सम्मानित गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
देशैभरी प्रदेश, जिल्ला र इलाका प्रहरी कार्यालयमा प्रहरी दिवस मनाइँदैछ ।

 

प्रहरी दिवसमा खोटाङमा ब्याटमिन्टन प्रतियोगिता

प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्ला स्तरीय खुला ब्याटमिन्टन प्रतियोगिता आयोजना गरेको छ ।

६६औँ प्रहरी दिवसका अवसरमा प्रहरीले १७ असोजदेखि १९ असोजसम्म जिल्ला स्तरिय सिंगल, खुला डबल र भेट्रान डबल ब्याटमिन्टन प्रतियोगिता आयोजना गरेको हो । सिंगल  ब्याटमिन्टनमा सविन श्रेष्ठ प्रथम, एलिस दंगाल दोस्राे तथा अविन राई र सनम राई तेस्राे भएका छन् ।

खुला डबलतर्फ दिपक खत्री र कल्पना राई जोशीको समूह प्रथम, विनोद उदास र सविन श्रेष्ठको समूह दोस्राे, विकास खत्री र विपिन योगी तथा एलिस दंगाल र ममता राईको समूह तेस्राे भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

भेट्रान डबलमा राजु श्रेष्ठ र जय राईको समूह प्रथम, कल्पना राई जोशी र हरि राईको समूह दोस्राे, भोजबहादुर मगर र प्रकाश राई तथा भक्त कालिकोटे र केशव थापाको समूह तेस्राे भएका छन्

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  ०७:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार