आज काठमाडौंमा वर्षा हुने

कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पानी पर्ने
बुधबार, असोज २०, २०७८

काठमाडौं : 

आज बुधबार बिहान काठमाडौंको आकाशमा बदली छ । जसकारण घाम झुल्किन सकेको छैन । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार मनसुनी वायु र स्थानीय वायुको प्रभावका कारण  यस्तो भएको हो । दिउँसो उपत्यकाका केही स्थानमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।

हाल भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा  छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा वर्षाको आँकलन गरिएको छ । प्रदेश १, २ बागमती, गण्डकी र लुम्बिनीमा पनि वर्षा हुनसक्ने ठानिएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  ०७:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार