कोरोना भाइरस सङ्क्रमित एउटा जोडीको अस्पतालमा अन्तिम भेट

सोमबार, माघ ५, २०७७

लण्डन : कोरोनाभाइरस सङ्क्रमित वयोवृद्ध एउटा जोडीलाई अस्पतालले एक अर्कालाई अन्तिम पटक भेट्न बहुमूल्य समय दिएको छ । यूकेको ब्राकनेलका गेरी र बारबारा जारेट सरेको फ्रिमले पार्क अस्पतालको छुट्टाछुट्टै वार्डमा उपचाररत थिए । उनीहरूको छोरीले ट्वीटरमा अन्तिम भेटको तस्बिर पोस्ट गर्दै आफ्नी आमा अन्तिम अवस्थामा देखिएकी बताएकी छन् । अस्पतालका कारण आफ्ना आमाबुवाले बहुमूल्य थप समय सँगै बिताउन पाएको उनले बताएकी छन् ।
ती छोरीले ५० वर्ष सँगै बिताएका ७९ वर्षीय पिता र ७६ वर्षीया आमा कोभिड–१९ का कारण दुई साताअगाडि अस्पताल भर्ना गरिएको बताइन् ।
मंगलवार उनले लेखिन्, ‘महामारीबीच अस्पतालका स्वास्थ्यकर्मीले मेरा मातापिताबीच शायद अन्तिम पटक भेटको मौका मिलाइदिए ।’उनले बुधवार पनि आमाबुवाले भेटेको र आमा अन्तिम अवस्थामा जस्तो देखिएकी लेखिन् ।
उनले लेखेकी छन,  ‘बुवा ह्वीलचेयरमा रुँदै आमाको हात समाए र उनको आँखा खुल्यो । उनी बिउँझिइन, उज्याली भइन र बोल्न पनि सकिन ।’
‘उनीहरूले बहुमूल्य एक वा दुई घण्टा पाए जुन आमालाई श्वास फेर्न निकै गाह्रो भएपछि सकियो ।’ छोरीले लेखेकी छन् ।
विद्यालय शिक्षिका छोरीले आफ्नो पिताको स्वास्थ्यमा सुधार भएको तर अझै लामो यात्रा बाँकी रहेको बताइन् ।
‘बुवालाई अन्य रोगहरू पनि छ जसले निको हुने कुरा अलि कठिन बनाउँछ । तर यो भाइरसलाई जितेर उहाँ आउनुहुन्छ भन्ने कुरामा म सकारात्मक रहनुपर्छ ।’ उनले भनेकी छन् । उनले दोहोरो शिफ्टमा काम गरिरहेका अस्पतालका स्वास्थ्यकर्मीलाई भेटेको बताइन् ।
‘उनीहरू शारीरिक र भावनात्मक रूपमा थाकेको बेला पनि कसरी यस्तो करुणा देखाउन सक्छन्
मैले बुझेको छैन’ उनले भनिन् । उनको ट्वीटर पोस्टमा कमेन्ट गर्दै अस्पतालले लेखेको छ, ‘हाम्रो मन तपाईं र तपाईंको परिवारसँगै छ ।’ 
‘हाम्रा स्वास्थ्यकर्मीले तपाईंका लागि यो समय अलि सहज बनाउन सकेकोमा हामी खुसी छौँ । यो हामीले दिने सबैभन्दा महत्वपूर्ण हेरविचार हो ।’–बीबीसी 

 

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  ०५:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार