अपहरण तथा शरीर बन्धक कसुरका दुई अभियुक्त पक्राउ

मंगलबार, असोज १९, २०७८

काठमाडौं : 

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३  स्थित निरमान भोम्जनको डेराबाट निजको श्रीमतीलाई डर देखाएर अपहरण गरेको आरोपमा अपराध महाशाखाले भक्तपुरका धिरोज श्रेष्ठ र रसिला अवाललाई पक्राउ गरेको छ । 

असोज १५ मा चन्द्रागिरी नगरपालिका–३ थानकोटस्थित डेराबाट निरमान भोम्जनकी पत्नीलाई धिरोजले अपहरण गरेर लगेर सूचनाका आधारमा पीडितलाई उद्धार गरिएको महाशाखाले जनाएको छ ।

मध्यपुर ठिमी घर भएका धिरोजले महिलालाई चाँगुनारायण नगरपालिका स्थित सरस्वती खेलमा रहेका भान्जी नाता पर्ने रसिलाको घरमा लगेर बन्धक बनाएर राखेका थिए । प्रहरीले पीडितलाई असोज १७ मा रसिलाको घरबाट उद्धार गरेको थियो ।

उनीहरूलाई अपहरण मुद्दामा ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  २१:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
मंगलबार, असोज १९, २०७८

आज साउनको दोस्रो सोमवार
मंगलबार, असोज १९, २०७८

आज साउनको दोस्रो सोमबार 
मंगलबार, असोज १९, २०७८