बटुवालाई मास्क बाढ्न आफैँ खटिन्छन् पाल्पा प्रहरी प्रमुख

मंगलबार, असोज १९, २०७८

पाल्पा :  

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख सर्वसाधरणलाई मास्क बाढ्न आफैँ खटिने गरेका छन् । प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराई पछिल्लो एक हप्तादेखि मास्क बाँड्ने कार्यमा  व्यस्त छन् । 

कोरोना महामारी सहज बन्दै जाँदा सर्वसाधरण सर्तकता अपनाउन छाडेपछि प्रहरी प्रमुख भट्टराई स्वयं मास्क वितरण कार्यमा लागेका हुन् । 

चाडपर्वको समयमा सर्वसाधारण किनमेलमा स्वास्थ्य मापदण्डको ख्याल नै नगरी हिँडेको देखेपछि सचेतनासहितको कार्यक्रममा जुटेको प्रहरी प्रमुख भट्टराईले बताए । 

सर्वसाधारणको बढी चहलपहल हुने मुख्य बजार क्षेत्र र सेवाग्राहीको भिडभाड हुने स्थानमा ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए । 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १८:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
मंगलबार, असोज १९, २०७८

आज साउनको दोस्रो सोमवार
मंगलबार, असोज १९, २०७८

आज साउनको दोस्रो सोमबार 
मंगलबार, असोज १९, २०७८