म्याद सकिएको औषधि बेच्ने भरतपुरका ६ मेडिकल कारबाहीमा

मंगलबार, असोज १९, २०७८

काठमाडौं : 

म्याद सकिएको औषधि बेचेको आरोपमा चितवन भरतपुरको ६ वटा मेडिकललाई स्थानीय प्रशासनले कारबाही गरेको छ। म्याद सकिएसँगै मापदण्ड पूरा नगरेका औषधि बेच्ने तथा क्लिनिक सञ्चालनको अनुमति नलिएको भन्दै उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो।

कारबाही पर्नेमा चितवनको भरतपुरमा सञ्चालित नवल पोलिक्लिनिक, मिराकल फर्मा, नवल डेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक, अपोलो डेन्टल र रिजन फार्मेसी छन् ।

कारबाहीमा परेका मेडिकललाई पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ। चाडपर्वका बेला अनियमितता धेरै हुने भएको भन्दै अहिले स्थानीय प्रशासनले अनुगमनलाई तीव्रता दिएको छ।

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १७:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार