सीमा क्षेत्रको गोठबाट ८० लाख बराबरको औषधि बरामद 

मंगलबार, असोज १९, २०७८

इलाम । नेपाल भारतको सीमावर्ती क्षेत्र पशुपतिनगरस्थित लालिखर्कबाट ८० लाख ९५० लाख भारु०  मूल्य बराबरको औषधि फेला परेको छ । सूर्योदय नगरपालिका-३ मा रहेको गोठमा राखिएको औषधि सशस्त्र प्रहरीले बरामद गरेको हो । अवैध रूपमा भारतीय औषधि नेपाल ल्याइँदै गरेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरीको पशुपतिनगर बिओपीबाट खटिएको गस्ती टोलीले बरामद गरेको हो ।

४० वटा कार्टुनमा भेटिएको औषधि सशस्त्र प्रहरीले पशुपतिनगरस्थित भन्सार कार्यालयलाई जिम्मा लगाएको सशस्त्र प्रहरीले बताएको छ । अवैध रूपमा औषधि ओसारपसार गर्नेको भने अनुसन्धान भइरहेको जनाइएको छ ।  
युरिक एसिड,  बाथ रोगका बिरामी, ग्याष्ट्रिकलगायतका बिरामीले प्रयोग गर्ने ती औषधि नेपालमा पनि चलन चल्तीमा रहेको बताइएको छ । राजश्व छली गर्ने उद्देश्यले अवैध रूपमा औषधि ल्याइएको प्रहरीको अनुमान छ । सीमा क्षेत्रबाट चाडबाडको बेलामा लत्ताकपडा, खादान्नलगायतको सामान अवैध रूपमा ओसारपसार हुने गरेको थियो । तर, सीमा क्षेत्रमा औषधि बरामद भएको भने यो पहिलो पटक हो । 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १७:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार