सरकार आयो, लालपुर्जा आएन

मंगलबार, असोज १९, २०७८

तेह्रथुम । तेह्रथुम छथर शुक्रबारे बजारमा सुमन खुलालले ६० लाख रुपैयाँ खर्चेर घर बनाए । सानो कच्ची घरमा व्यवसाय गर्दै आएका उनले सरकारले लालपुर्जा वितरण गर्ने खबर पाएपछी नयाँ घर बनाएका हुन् ।  ३१ वर्षदेखि बसोबास गर्दै आएका खुलाल पुर्जा पाउने आशमा वर्षाैं बिताए । तर, अझै पाउन सकेका छैनन् ।  विभिन्न तहका सरकार फेरिए । तर, नागरिकको समस्या फेरिएन । ‘स्थानीय सरकार आएपछि त पुर्जा पाइला भन्ने आश थियो । तर, त्यो पनि पूरा भएन’, उनले भने । उनी जस्तै चुडामणि जोशीले ६५ लाख रुपैयाँ खर्चर घर बनाएर व्यवसाय गर्दै आएका छन् । उनले पनि अहिलेसम्म पुर्जा पाउन सकेका छैनन् । खुलाल र जोशी जस्ता यहाँ करिब २५० घर लालपुर्जाविहीन छन् । स्थानीय सरकार आएको पनि चार वर्ष बित्यो । तर, यहाँको नागरिकहरूको समस्या सुल्झिएन ।अव्यवस्थित रूपमा रहेको यो बजारमा ४० वर्षदेखि बसोबास गर्दै आए पनि अझै पुर्जा पाउन सकेका छैनन् । लाखौँ रुपैयाँ खर्चेर दर्जनभन्दा बढी पक्की तथा करिब ३०० घर कच्ची छन् । लालपुर्जा नहुँदा यहाँ निमार्ण भएका घर खरिद बिक्रीमा त समस्या छ नै, कुनै व्यापार व्यवसाय गर्न बैंक तथा वित्तीय संंस्थाबाट ऋणसमेत नपाउँदा व्यवसाय चलाउन नै समस्या हुँदै आएको स्थानीय दुखेसो पोख्छन् । लाखाैँ रुपैयाँको घर भए पनि कुनै मुल्य नभएको स्थानीयहरू बताउने गरेका छन् । बजारमा निमार्ण भएका घरहरूलाई लालपुर्जा वितरणका लागि विभिन्न समयमा पटक पटक प्रयास नभएका भने होइनन् । सरकारलाई यहाँका स्थानीय निकाय तथा बजार व्यवस्थापन समितिले सिफारिस गरी माग गर्दासमेत सुनुवाइ नभएको बजार व्यवस्थापन समितिका सचिव धामबहादुर कार्कीको भनाइ छ । २०५८ साल गठन भएको सुकुम्वासी समस्या समाधान आयोगले यहाँका ६० घरलाई धनीपुर्जा वितरण गरेको थियो । तर, ति धनीपुर्जासमेत कागज मै सीमित बनेका छन् । पुर्जामा १० वर्षसम्म बिक्री तथा लेनदेनसमेत गर्न नपाइने जनाइएको थियो । पुर्जा वितरण गरेको २० वर्ष बितिसक्दा पनि अन्यले पुर्जा पाउन सकेका छैनन् । 

स्थानीय सरकारले लालपुर्जा वितरणसम्बन्धी ऐन तयार गरी प्रक्रिया अगाडि बढाइएको छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताए । सरकारले लालपुर्जा वितरण गर्न नसक्दा बजारबाट प्राप्त हुने कर गुमाइरहेको छ ।  

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १५:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
मंगलबार, असोज १९, २०७८

आज साउनको दोस्रो सोमवार
मंगलबार, असोज १९, २०७८

आज साउनको दोस्रो सोमबार 
मंगलबार, असोज १९, २०७८