एमाले सांसदको नाराबाजीबीच संसद् बैठकमा राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस

मंगलबार, असोज १९, २०७८

काठमाडौं । प्रतिनिधिसभाको बैठक २२ असोजमा बस्ने भएको छ । मंगलबार बसेको बैठक एमालेका सांसदहरूले नाराबाजी गरेका थिए । उनीहरूको नाराबाजीबीच कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/०७७ पेस गरेका छन् ।  प्रतिनिधिसभाको अर्काे बैठक २२ असोज शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १३:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार