‘सहायक श्रीमान्’ अमेरिका र युरोपको प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा  

मंगलबार, असोज १९, २०७८

काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) अमेरिका र युरोपका प्रतिष्ठित चलचित्र महोत्सवहरुमा छनोट भएको छ । युरोपको जर्मनीस्थित १८औं टेगेन्सी इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबल, स्लोभाकियाको २९औं इन्टरनेसनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा को–हजबेन्ड छनोट भएको हो । दुवै देशमा १३–१७ अक्टोबरसम्म यो चलचित्र महोत्सव हुँदैछ । को–हजबेन्ड १५ अक्टोबरका दिन दुवै देशमा प्रदर्शन हुँदैछ । निर्देशक गणेश पाण्डेका अनुसार १ देखि सुरु भई २४ अक्टोबरसम्म अमेरिकाको वासिङ्टन राज्यस्थित शियाटल सञ्चालन हुने तस्बिर साउथ एसियन फिल्म फेस्टिबलमा पनि प्रदर्शन हुँदैछ । ‘नेपालको डकुमेन्ट्री फिल्म अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट हुनु हाम्रो टिमका लागि मात्र होइन, नेपाल र नेपालीका लागि पनि गर्वको कुरा भन्ने लाग्छ,’ उनले भने । विश्वका विभिन्न देशमा छनोट भइरहेको ‘सहायक श्रीमान्’ गत वर्ष रसियामा आयोजित १९औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा प्रथम पुरस्कार ‘ग्रान्ड प्रिक्स अवार्ड’ जितेको थियो । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट फिल्म अवार्डसहित एक हजार अमेरिकी डलर जितेको थियो । निर्देशक पाण्डेको ‘सहायक श्रीमान्’ नयाँ डकुमेन्ट्री फिल्म हो । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ) मा रिलिज गरिएको ‘सहायक श्रीमान्’ बहुपति प्रथामा आधारित छ । ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् ।

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १२:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
मंगलबार, असोज १९, २०७८

आज साउनको दोस्रो सोमवार
मंगलबार, असोज १९, २०७८

आज साउनको दोस्रो सोमबार 
मंगलबार, असोज १९, २०७८