ओरियन्टल होटल्सको एजीएम आज 

मंगलबार, असोज १९, २०७८

काठमाडौं । ओरियन्टल होटल्सको म‌ंगलबार साधारणसभा (एजीएम) बस्दै छ । सभा कम्पनीको रजिष्टार कार्यालय लाजिम्पाट काठमाडौंमा भर्चुअल माध्यमबाट हुनेछ । सभामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । नाफा–नोक्सानलगायतका विषयमा छलफल गर्ने एजेन्डा छ । यसवर्ष ओरियन्टलले लाभांशसम्बन्धी भने कुनै प्रस्ताव पेस गर्ने छैन । साधारणसभा प्रयोजनार्थ ओरियन्टलले ४-१९ असोजसम्म बुक क्लोज गरेको छ । ३ असोजसम्म नेप्सेमा कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  ११:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार