काकाकुल बन्दै ठाँडा दह

मंगलबार, असोज १९, २०७८

अर्घाखाँची । शीतगंगा नगरपालिकाको मुख्य बजार ठाँडा दह, अमराईलगायत गाउँमा पानीको चरम अभाव हुँदा समस्या भएको छ । स्थानीय जनताको मुख्य खानेपानी सुपाखोलाको नौ दिनदेखि मर्मत हुन नसक्दा पानीको हाहाकार भएको हो । पानीको वैकल्पिक व्यवस्था गर्न विभिन्न लिफ्टिङको व्यवस्था भए पनि समिति चलायमान नहुँदा एक दिन समस्या हुँदा पनि लामो दूरी पार गरेर पानी बोक्ने गरेको स्थानीले दुखेसो पोखेका छन् ।वडा नम्बर- ३ मा बाउन्ने लिफ्टिङ खानेपानी भए पनि अभावका बेला काम लाग्न नसकेको स्थानीय नारायण पौडेलले गुनासो गरे । पटक पटक विभिन्न बहानामा लिफ्टिङ खानेपानी अवरुद्ध हुने गरेको छ । केही दिनदेखि मिटरमा समस्या आएकाले पानी सुचारु हुन नसकेको समितिका अध्यक्ष उमानन्द अधिकारीले बताए । विद्युत्‌का कर्मचारीले मिटर निकालेर लगे पनि अझै नल्याएकाले सुचारु गर्न नसकेको अधिकारीले बताए । यता, विद्युत् प्राधिकरण ठाँडाका कर्मचारी मेगराज खनालले करिब २० दिनअघि समस्या आएपछि मिटर निकालिए पनि समितिले समयमा जिल्ला कार्यालयमा नपठाउँदा ढिलो भएको बताए । यस्तै, जिल्ला विद्युत् कार्यालय अर्घाखाँचीका प्रमुख किरण खनालले आइतबार मात्र बिग्रिएको मिटर कार्यालयमा आएको बताए । नयाँ टीओटी मिटर जिल्लाबाट उपलब्ध गराउन नमिल्ने र रकम जम्मा गरेपछि मात्र काठमाडौंबाट आउने भएकाले रकम जम्मा गर्न समितिलाई भनेको खनालले बताए । उनले अहिलेसम्म रकम जम्मा नभएको जानकारी दिए ।नयाँ मिटर जडान गर्न करिब ४२ हजार रुपैयाँ जम्मा गर्नुपर्ने उनको भनाइ छ । करिब २५ वर्षअघिको योजना जीर्ण भएकाले पनि यस क्षेत्रमा पटक पटक समस्या आउने गरेको छ । मर्मतका लागिसमेत स्थानीयको सहयोग नहुने गरेको समितिको गुनासो छ । विगत तीन वर्षदेखि नयाँ खाने पानीको काम सुरु भए पनि अझैसम्म सम्पन्न हुन सकेको छैन । शीतगंगा- ३ खस्रका ७० हजार र ५० हजार लिटरका तथा वडा नम्बर-  ४ को जोगिनिकोटमा ७० हजार लिटरको नयाँ ट्याङ्की बनेको दुई वर्ष भए पनि अहिलेसम्म पानी पुग्नसकेको छैन । पुरानो १६ हजार लिटर क्षमताको ट्याङ्कीको पानी प्रयोग गर्ने वडा नम्बर- ३ मा  करिब ४०० घर रहेका छन् । ती घरका लागि ४० वटा धारा रहेका छन्  । एउटा धारामा छदेखि १० घर परिवारले पानी भर्ने गरेका छन् । ट्याङ्की भरी हुँदा पनि बढीमा दुईदेखि तीन घण्टामै पानी रित्तिने गरेको स्थानीय हरि श्रेष्ठले बताए । लिफ्टिङ खानेपानीसमेत सानो टयाङ्की भएकाले उपभोत्ताको घरमा बढीमा ३० मिनेट मात्र पानी पुग्ने गरेको छ । पानीको चरम अभाव भए पनि स्थानीय सरकार तथा प्रदेश सरकाले उल्लेख्य काम गर्न नसकेको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  ११:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
मंगलबार, असोज १९, २०७८

आज साउनको दोस्रो सोमवार
मंगलबार, असोज १९, २०७८

आज साउनको दोस्रो सोमबार 
मंगलबार, असोज १९, २०७८